२५ साउन २०८२, शनिबार

 झापामा कोभिड संक्रमणको जोखिम बढ्दो, ८ जना कोभिड संक्रमित फेला

बनियानी ।  झापा जिल्लामा कोभिड–१९ संक्रमण पुनः देखिन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय, झापाका अनुसार पछिल्लो समय झापामा ८ जना कोभिड संक्रमित फेला परेका छन्। तीमध्ये ५ जना झापाका बासिन्दा हुन् भने बाँकी ३ जना मोरङ, इलाम र दोलखाका एक–एक जना रहेका छन्।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रण तथा रोकथामका लागि तयारी तीव्र पारेको जनाएको छ। यसै क्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाले १५ हजार मात्रा फाइजर खोप प्राप्त गरेको जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रामेश बाराकोटीका अनुसार खोप वितरण कार्य सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिनेछ। “नयाँ खोप तालिकाअनुसार खोप कार्यक्रम अगाडि बढाइनेछ,” प्रमुख बाराकोटीले बताए।

खोप कार्यक्रमका प्राथमिक समूह

नयाँ तालिकाअनुसार निम्न पाँच वर्गलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरिनेछः
रोग प्रतिरोध क्षमता कमजोर भएका ५ वर्षभन्दा माथिका बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिक
स्वास्थ्यकर्मी तथा बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति
गर्भवती महिला
१२ वर्ष वा सोभन्दा माथिका अन्य व्यक्ति
५ देखि ११ वर्ष उमेर समूहका बालबालिका

नाकामा परीक्षण, अस्पताल व्यवस्थापनमा अन्योल

कोभिड संक्रमितको संख्या पुनः बढ्न थालेसँगै मेचीनगर नगरपालिका अन्तर्गत काँकरभिट्टा नाकामा शंकास्पद व्यक्तिको परीक्षण सुरु गरिएको छ। उक्त नाकामा परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटाइएको प्रमुख बाराकोटीले जानकारी दिए।

तर, जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने विषयमा अझै स्पष्टता नआएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई सावधानी अपनाउन, अनिवार्य खोप लगाउन र आवश्यक सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क