२५ साउन २०८२, शनिबार

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, यी विषयमा गम्भीर छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टी गतिविधिबारे गम्भीर छलफल हुने छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा १३ बुँदे एजेन्डामाथि छलफल हुनेछ । जसमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियड (संगठनात्मक शीतकालीन अवधि) मा देखिएको गडबडीको छानबिन प्रतिवेदन प्रस्तुत गरिने छ ।

बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने विषयमा निर्णय लिने तयारी गरिएको छ । साथै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकारको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा समेत छलफल हुनेछ ।

यसका साथै केन्द्रीय विभाग र प्रदेश विभागमा नयाँ नियुक्ति सम्बन्धी निर्णय पनि यो बैठकले गर्ने अपेक्षा गरिएको छ ।

रास्वपाले पछिल्लो समय पार्टीभित्रको अनुशासन, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । आजको बैठकले पार्टीको भावी दिशा र रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क