
मुम्बई । बलिउड एक्ट्रेस र सोसल मिडिया इन्फ्लुएन्सर उर्फी जावेद अहिले गम्भीर पीडामा छिन् । केही दिनअघि उनले आफ्ना लिप फिलर हटाउने प्रक्रिया गराएकी थिइन् । त्यसपछि उनको हालत बिग्रिएको छ ।
उर्फीको अनुहार र ओठ निकै नराम्रोसँग सुन्निएको छ । उनले आफ्नो इन्स्टाग्राममा नयाँ भिडियो पोस्ट गरेकी छिन्, जुन हेरेपछि उनका फ्यानहरू चकित बने। धेरैलाई उनलाई चिन्नै मुस्किल परेको छ ।
उर्फीले भिडियोमा आफैंले खुलासा गरेकी छिन् कि फिलर हटाएपछि एलर्जी र रिएक्शनले यस्तो भएको हो । उनले लेखेकी छिन्, “लिप फिलर हटाएपछि यस्तो हालत भयो । पीडादायी पनि छ, अनुहार र ओठ यस्तो सुन्निएको छ।”
सधैं आफ्ना अनौठा फेसन र बेबाक अभिव्यक्तिका कारण चर्चामा रहने उर्फी यसपटक आफ्ना स्वास्थ्य समस्याका कारण ट्रेन्ड गरिरहेकी छन्। उनका फ्यानहरूले उनलाई चाँडै ठिक होस् भन्दै शुभकामना दिएका छन् ।