२५ साउन २०८२, शनिबार

सात प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, अन्य धेरै सडक एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण बाढी र पहिरोले सात प्रमुख राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशभरका सात मुख्य राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

पूर्ण अवरोध भएका राजमार्गहरू

सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग

रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल

रसुवाकै गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी करिडोर

गुल्मीको रुरु गाउँपालिकास्थित रिडी–तम्घास सडक

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड

यसबाहेक, मुलुकका विभिन्न स्थानका राजमार्ग र सडकखण्डहरूमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

एकतर्फी सञ्चालनमा रहेका सडकहरू

काठमाडौँको टोखा–नुवाकोट सडकखण्ड

तेह्रथुमको मध्यपहाडी राजमार्ग

महोत्तरीको पूर्व–पश्चिम लोकमार्ग

रसुवाको गल्छी–त्रिशुली सडक

बागलुङको कालिगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग

नवलपरासी पूर्वको कालिगण्डकी करिडोर

मुस्ताङको वेनी–जोमसोम सडक

तनहुँको पृथ्वीराजमार्ग

यस्तै, अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग र दैलेखको दैलेख–सुर्खेत सडकखण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लगातारको वर्षा र पहिरोका कारण सडक अवरोध हटाउने काम चुनौतीपूर्ण बनेको छ । स्थानीय प्रशासन र सडक विभागको सहकार्यमा सफाइ र मर्मत कार्य भइरहेको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क