२५ साउन २०८२, शनिबार

कोदारीमा पहिरो, तातोपानी नाका जोड्ने राजमार्ग पूर्णरूपमा अवरुद्ध

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

गएरातिदेखि लगातार परेको वर्षाका कारण आज बिहान करिब ५ बजे कोदारीस्थित इकु पहिरो क्षेत्रबाट ठूलो मात्रामा पहिरो खस्दा सडक बन्द भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूरै रोकिएको छ । पहिरो अझै झिरहेकाले तत्काल सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले बताए।

उहाँका अनुसार इकु क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ। २०७२ सालको भूकम्पपछि कोदारी बस्ती बगिएपछि उक्त क्षेत्र अझ बढी जोखिममा परेको र हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उहाँले बताए।

सडक खुलाउने विषयमा सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिए।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क