२५ साउन २०८२, शनिबार

सप्तकोशी नदीमा बेपत्ता भएका बालक अझै फेला परेनन 

धरान । सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन् ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
गत सोमबार बिहान करिब ९ः४५ बजे बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दुई जना साथीसँग कोशी नदीमा पौडी खेल्न गएकामध्ये दुई जना सकुशल निस्किएका थिए । तर मेहता भने बेपत्ता भएका सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताए ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीको समन्वयमा बालकको खोजी जारी रहेको उपरीक्षक थापाले बताए । खोजी कार्य बराहक्षेत्र–९ स्थित सप्तकोशी नदी आसपास केन्द्रित गरिएको छ । हालसम्म बालक फेला नपरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क