२५ साउन २०८२, शनिबार

रक्सी तस्कर र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर युवकको मृत्यु

जनकपुरधाम । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । आत्मरक्षाका लागि प्रहरीले चलाईको गोली लागेर स्थानीय लालु यादव घाइते भए ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क