
काठमाडौं। रोजगारीका अवसर खोज्ने नेपाली कामदारका लागि खुशीको खबर छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियाली रोजगारीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला गरेको छ ।
ईपीएस (Employment Permit System) कार्यक्रम अन्तर्गत नेपालबाट कोरियामा कामदार पठाउन प्रथम चरणको भाषा परीक्षा पास गर्नु अनिवार्य छ । यसपालि आवेदन एचआरडी कोरियाको समन्वयमा खोलिएको हो। आवेदन उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि खुला गरिएको छ ।
यसपटकको कुल कोटा ५ हजार ३०० रहेको छ ।
३ हजार ५०० कोटा उत्पादनमूलक क्षेत्रका लागि
१ हजार ८०० कोटा कृषि तथा पशुपालन क्षेत्रका लागि छुट्याइएको छ ।
आवेदन दिएका इच्छुक कामदारले भाषा परीक्षा पास गरेपछि मात्र दोस्रो चरणको स्वास्थ्य परीक्षण र अन्तिम छनोट प्रक्रियामा सहभागी हुन पाउनेछन् । ईपीएस कार्यक्रममार्फत हरेक वर्ष हजारौं नेपाली कामदारले कोरियामा रोजगारीको अवसर पाउँदै आएका छन् ।