२५ साउन २०८२, शनिबार

टिकटकर आयुष सिंह ठकुरी र एलिजेलाई आमाले हालिन मुद्दा

काठमाडौं  । चर्चित टिकटकर आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंह ठकुरीबीचको पारिवारिक विवाद अहिले अदालतसम्म पुगेको छ। नानुले जेठ २५ गते काठमाडौं जिल्ला अदालतमा आयुष र उनकी श्रीमती अलिजे जमालीविरुद्ध गाली–बेइज्जतीको मुद्दा दायर गरेकी हुन्।

आयुषका अनुसार उनीहरूले यो मुद्दाबारे हिजो मात्र जानकारी पाएका हुन् । “कहिलेको कुरा हो मलाई थाहा छैन, अहिले हामीबीच केही विवाद छैन, सायद पुरानै कुरा होला,” उनले भने । उनले कानुनी प्रक्रिया आफ्नो वकिललाई जिम्मा दिएको बताए । वकिल पर्वतराज चापागाईंले पनि मुद्दा अझै अध्ययन नगरेकाले विस्तृत प्रतिक्रिया दिन नसकेको जनाए ।

केही महिना अगाडि आमा–छोराबीचको विवाद टिकटकमा चर्चाको विषय बनेको थियो । त्यतिबेला उनीहरू सँगै नबस्ने कुरा सार्वजनिक भएपछि फ्यानहरू दुई भागमा विभाजित भएका थिए । विवादपछि उनीहरूबीच नियमित सम्पर्क छैन, र आयुषका अनुसार आमा कहिलेकाहीँ मात्र आवश्यक पर्दा सम्पर्क गर्छिन् ।

यो प्रकरणले फेरि एकपटक सामाजिक सञ्जालमा चर्चा पाउने संकेत देखिएको छ । अदालतको सुनुवाइपछि मात्र घटनाको वास्तविक पृष्ठभूमि र कानुनी निष्कर्ष सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क