
काठमाडौं । खाना बनाउने बेला घरमा राखिएको आलु अंकुरित भएको देख्दा तपाईं दुविधामा पर्न सक्नुहुन्छ, यो आलु खानु ठीक हो या फालिदिनु उपयुक्त हुन्छ ?
प्याज, आलु वा लसुन अंकुरित भएपछि खान हुने या नहुने भन्ने विषयमा जनमानसमा मत विभाजित छ। तर विशेषज्ञहरूको सुझाव अनुसार, अंकुरित आलु खानुअघि सावधानी अत्यन्तै आवश्यक छ।
विशेषज्ञहरूका अनुसार, अंकुरित आलुमा ुग्लाइकोएल्कलॉइडु नामक विषालु तत्वको मात्रा बढ्छ, जसले मानिस र जनावरमा विषाक्त प्रभाव पार्न सक्छ। सोलानिन भन्ने यौगिकको मात्रा बढी हुँदा उल्टी, झाडापखाला, पेट दुख्ने, मानसिक भ्रम, दृष्टि समस्या वा गम्भीर अवस्थामा मृत्यु समेत हुन सक्छ।
ब्रिटेनको फूड स्ट्यान्डर्ड एजेन्सीका अनुसार, यदि अंकुर सानो छ र आलु कडा छ भने त्यसको अंकुर काटेर खान मिल्छ। तर आलु हरियो देखिएको, गलेको वा नरम भइसकेको छ भने त्यो फाल्नु राम्रो हुन्छ।
विशेषज्ञहरूको सुझाव
एक इन्चभन्दा लामो अंकुर भएका वा नरम भएका आलु फाल्नुपर्छ।
हरियो भाग हटाएर मात्र प्रयोग गर्नुपर्छ।
सडेगलेको वा फफूंदी लागेको आलु प्रयोग नगर्नुहोस्।
गर्भवती, सुत्केरी, बच्चा वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले विशेष ध्यान दिनुपर्छ।
आलु अँध्यारो, सुख्खा र चिसो स्थानमा भण्डारण गर्नुपर्छ।
आलु भिजाउनु वा धोएर राख्नु हुँदैन, यसले सड्न सक्छ।
प्याजसँगै नराख्नुहोस्, दुबैबाट नमी र ग्यास निस्कँदा छिटो अंकुर आउँछ।
सावधानी अपनाएर मात्र अंकुरित आलु प्रयोग गर्नुहोस्, नत्र स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।