२५ साउन २०८२, शनिबार

‘केरा गणतन्त्र’ लेखिएको टिसर्ट बिक्रीमा रोक, सरकारको निर्देशनपछि साइबर ब्युरोको हस्तक्षेप

काठमाडौँ । युट्युब च्यानल इन्डेप्थ स्टोरी द्वारा तयार गरिएको ‘केरा गणतन्त्र’ (Banana Republic) लेखिएको टिसर्ट बिक्रीमा नेपाल सरकारले रोक लगाएको छ। हेलो सरकारमा परेको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले टिसर्ट बिक्री तथा प्रचार रोक्ने कार्यान्वयन गरेको हो।

साइबर ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार उक्त टिसर्टले राष्ट्रिय एकता, सुरक्षा, सार्वभौमसत्ता र स्वाभिमानमा खलल पु¥याएको भन्दै बिक्रीमा रोक लगाइएको हो। उनका अनुसार मन्त्रालयको निर्देशनअनुसार कानुनी प्रक्रिया पालना गरिएको हो।

‘केरा गणतन्त्र’ वा Banana Republic भन्ने शब्द सन् १९०४ मा अमेरिकी लेखक ओ. हेनरीले पहिलोपटक प्रयोग गरेका थिए। यो संज्ञा यस्तो देशलाई जनाउन प्रयोग गरिन्छ जसको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सीमित अर्थतन्त्र केही निजी स्वार्थमा सञ्चालन हुन्छ।

इन्डेप्थ स्टोरीले भने टिसर्टमा प्रयोग भएको सन्दर्भ व्यंग्यात्मक र ऐतिहासिक सन्दर्भमा आधारित भएको स्पष्ट पार्दै सामाजिक सञ्जालमार्फत अर्डर अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ।

प्रहरीले भने सार्वजनिक सम्प्रभुता र सामाजिक शिष्टाचारविरुद्धका विषयमा व्यापारिक प्रयोग गर्न नपाइने जनाउँदै कानुनअनुसार काम गरिएको बताएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क