२५ साउन २०८२, शनिबार

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान पाँचदलीय गठबन्धन सरकार कम्तीमा पनि २०८४ सालसम्म निरन्तर रहने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति जनतालाई अनुभूति हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

डा. कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटलाई सामान्य राजनीतिक प्रक्रिया भएको स्पष्ट पार्दै भने,

“राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ, अन्यथा राजनीति धरापमा पर्छ।”

उनले संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको तर व्यक्तिगत रूपमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा पनि राखे।

कांग्रेस नेताले गठबन्धन निर्माणका क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र हाल संसदीय दलको नेता परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

फरक प्रसङ्गमा उनले कांग्रेसको आगामी महाधिवेशन निर्धारित समय २०८२ सालमै हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क