२५ साउन २०८२, शनिबार

भण्डारीलाई पार्टी फर्किन रोक लाग्दै, भण्डारीको भूमिकाबारे आजै महत्वपूर्ण निर्णय हुने गौतमको भनाइ

काठमाडौं । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने विषयमा आजै महत्वपूर्ण निर्णय हुने सम्भावना रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

आज दोस्रो दिनको बैठकमा ५८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् भने पहिलो दिन ४९ जनाले आफ्नो भनाइ राखेका थिए । बाँकी रहेका ७७ जनाले धारणा राखेपछि बैठक सम्पन्न हुने गौतमले बताए ।

गौतमका अनुसार, बैठकमा भण्डारीको पार्टी सदस्यता नविकरण, संगठित सदस्यताको व्यवस्था र पार्टी प्रवेशबारे व्यापक छलफल भएको छ । उनले भने, “पूर्व राष्ट्रपतिको दलमा प्रवेशको विषय केवल प्राविधिक होइन, यो संविधान र राजनीतिक संस्कारसँग जोडिएको गम्भीर विषय हो। यसबारे स्पष्ट राजनीतिक निर्णय आवश्यक छ।”

गौतमले नेपालको संविधानको धारा ६१ र २६७ को प्रावधान उद्धृत गर्दै, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक र नेपाली सेनाको परमाधिपति हुने व्यवस्था गरिएको भन्दै भोलिको नजिरका लागि पार्टीको निर्णय महत्वपूर्ण हुने धारणा राखे ।

बैठकमा सदस्यहरूले निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूलाई संविधानअनुकूल कार्यकारी बनाउनुपर्ने, पार्टी सदस्यता २८ प्रतिशतले वृद्धि भएको, सरकारको प्रभावकारिता र महँगीसम्बन्धी विषयमा पनि धारणा राखेका छन्।

गौतमले बैठकको समापनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सम्बोधनसँगै केही महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको बताए ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क