२५ साउन २०८२, शनिबार

कांग्रेस–एमाले सरकार एक वर्ष खेर गयो, मन्त्री फेरेर भएपनि काम हुनु पर्याे – गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमाले नेतृत्वको शक्तिशाली सरकारले पहिलो वर्ष उपलब्धिविहीन बनेको भन्दै अबको वर्ष गुम्न नदिन सबै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले भने, “कांग्रेस र एमाले मिलेर बनेको यो सरकारबाट जुन लाभ लिन सकिन्थ्यो, त्यसमा हामी नराम्रोसँग चुकेका छौँ। सरकार टिक्नु नै ठूलो कुरा भनेर बसेर एक वर्ष खेर फाल्यौँ। अब अर्को वर्ष त्यसरी नखेराऔँ।”

सत्ता गठबन्धनमा कुनै खटपट नभएको स्पष्ट पार्दै थापाले प्रारम्भमा सरकारले राम्रो सुरुवात गरेको भए पनि पछिल्ला ६–७ महिना उपलब्धिविहीन भएको बताए । उनले भने, “सुरुमा उत्साह थियो, सुधारको प्रयास पनि गर्‍यौँ। त्यसपछि सरकार टिक्नु नै खुसीको कुरा भनेर आनन्दले बस्यौँ। अब त्यसरी हुँदैन। कसैलाई दोष दिएर पनि हुँदैन।”

अबको अर्को वर्ष सरकारलाई सफल बनाउन कांग्रेस पनि तयार रहेको बताउँदै थापाले संघीय सरकारदेखि प्रदेशका सरकारसम्म फेरबदल आवश्यक परे पनि उद्देश्य प्रष्ट पारेर अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क