२५ साउन २०८२, शनिबार

केन्द्रीय सचिवका उमेदवार जोसेफ घिमिरे : संगठनप्रतिको निष्ठा, नेतृत्वको विश्वास

विराटनगर ।  अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) को आसन्न महाधिवेशनका लागि मोरङका जोसेफ घिमिरे केन्द्रीय सचिव पदमा उम्मेदवार बनेका छन् ।  लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय, अनुशासित र सशक्त नेतृत्वदायी भूमिकामा रहँदै आएका घिमिरेले संगठन र पार्टी दुवैमा गहिरो छाप छोड्न सफल छन् ।

मोरङ्को बुढीगंगा निवासी घिमिरेले राजनीतिक यात्राको सुरुवात मोरङ क्याम्पस कमिटीबाट गरेका हुन । २०७५ मा क्याम्पस कमिटीको अध्यक्ष बनेर सफल कार्यकाल पुरा गरेका घिमिरेले २०७२ र २०७६ मा अनेरास्ववियुको मोरङ जिल्ला सदस्यका रूपमा क्रियाशील भए । २०७६ सालमा घिमिरे जिल्ला कमिटीको उपाध्यक्ष निर्वाचित भए ।

अखिलको २३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जोसेफ घिमिरे हाल नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य समेत हुन् । संगठनमा लामो योगदान, शुद्ध राजनीतिक संस्कार र इमानदार चरित्रले उनलाई विद्यार्थी राजनीतिमा विश्वासिलो नेताको रूपमा चिनाएको छ।

शैक्षिक पृष्ठभूमिमा पनि घिमिरे सक्षम छन् । उहाँले महेन्द्र मोरङ क्याम्पसबाट एमबिए र एमपिएसम्मको अध्ययन पूरा गरेका छन । शिक्षा र नेतृत्वलाई समानान्तर रुपमा अघि बढाउँदै संगठनमा उहाँले अभ्यास गरेको समर्पण, लगाव र इमानदारीता अबको नेतृत्वको आवश्यकता भएको अनेरास्ववियुका धेरै सदस्यहरू बताउँछन्।

केन्द्रीय सचिव पदको उम्मेदवारीबारे उनले भने, “मैले विगतमा संगठनको हरेक तहमा निष्ठापूर्वक काम गरेँ, विचार र लक्ष्यप्रति कहिल्यै विचलित भइनँ। यही कारण मेरो जित सुनिश्चित छ।”

जोसेफ घिमिरेको उम्मेदवारीले अनेरास्ववियुमा निष्ठा, क्षमतायुक्त नेतृत्व र विचारप्रतिको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क