१९ जेठ २०८२, आइतबार

रवि लामिछाने नेतृत्वको रास्वपासहितका दलहरुलाई हर्क साम्पाङले थप्ने भए चुनौती, गरे यस्तो घोषणा

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आउँदो २०८४ को निर्वाचनमा सबै स्थानीय तह र प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले इमान्दार र काम गर्न चाहने व्यक्तिलाई उम्मेदवार बनाउने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार एक पोस्ट गर्दै साम्पाङले भनेका छन्, “०८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिन्छौं, दाग नलागेका इमान्दार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन्।”

साम्पाङले कुन स्वरूपमा चुनावमा होमिने — पार्टी खोली वा स्वतन्त्र रूपमा भन्नेबारे स्पष्ट गरेका छैनन्। तर उनले राजनीतिक विकल्पको तयारीमा रहेको संकेत दिएका छन्।

साम्पाङ २०७९ सालको स्थानीय चुनावमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। उनले परम्परागत दलका उम्मेदवारलाई पछार्दै जनताको विश्वास जितेका थिए।

उनको पछिल्लो घोषणा नेपाली राजनीतिमा वैकल्पिक शक्ति निर्माणको प्रयासका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यदि साम्पाङले सांगठनिक रूपमा उम्मेदवारी प्रस्तुत गरेमा त्यो विद्यमान राजनीतिक दलहरूका लागि चुनौतीपूर्ण हुन सक्छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क