१२ जेठ २०८२, आइतबार

सर्वोच्चको फैसला : रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर

काठमाडौं  । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गर्दै उच्च अदालत तुलसीपुरको थुनामै राख्ने आदेश सदर गरेको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलाशले शुक्रबार यस्तो फैसला सुनाएको हो। अदालतको आदेशमा प्रतिवादी पक्षको जिकिर विश्वसनीय नभएको उल्लेख गर्दै लामिछानेलाई थुनामै राख्ने आदेश कायम गरिएको हो।

साथै, आदेशमा उच्च अदालत तुलसीपुर बुटवल इजलाशका न्यायाधीशहरू विरुद्ध सामाजिक सञ्जाल र सञ्चार माध्यममा लाञ्छनापूर्ण तथा अशोभनीय टिप्पणी भएकोप्रति सर्वोच्चले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

सर्वोच्चको निर्णयसँगै लामिछाने हाल जारी मुद्दाको फैसलासम्म थुनामै रहने भएका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क