०५ जेठ २०८२, आइतबार

५० दिनपछि रवीन्द्र मिश्र हिरासतमुक्त, हाजिरी जमानीमा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनपछि हिरासतमुक्त भएका छन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपश्चात् उनलाई पक्राउ गरिएको थियो। संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रवका आरोपमा अनुसन्धान गर्दै प्रहरीले आठपटक म्याद थप गरेको थियो। हिरासत लम्बिने आभास पाएपछि मिश्रले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

शुक्रबार न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मिश्रलाई कानून व्यवसायीको रोहबरमा हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएको हो। हिरासतबाट निस्कँदा मिश्रले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफूले हिंसात्मक गतिविधिको योजना नगरेको प्रष्ट पारे।

“राजसंस्थाको पक्षमा काम गरे पनि मबाट राज्यविरुद्ध कुनै आपराधिक गतिविधि भएको छैन,” उनले भने। मिश्रले मुद्दा अझै बाँकी रहेको र न्यायका लागि संघर्ष जारी रहने बताए। साथ दिने सबैप्रति उनले आभार पनि व्यक्त गरे।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क