०५ आषाढ २०८३, शुक्रबार

रास्वपा महाधिवेशन: सभापतिले मनोनयन गर्न पाउने २०० प्रतिनिधि, नयाँ नेतृत्व चयन हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका लागि प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम तीव्र बनाइएको छ। असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनमा देश–विदेशबाट प्रतिनिधिहरू सहभागी हुनेछन्।

पार्टी विधानअनुसार सभापतिले विशेष अधिकार प्रयोग गरी २०० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था छ। यस्तै, २५ देशबाट पनि प्रतिनिधिहरू आउने तय भएको छ। मधेस प्रदेश र निर्वाचन हुन नसकेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधि चयन गरिनेछ भने २०७९ को निर्वाचनमा उम्मेदवार बनेका तर निर्वाचित हुन नसकेका उम्मेदवारहरूलाई समेत प्रतिनिधिको हैसियतमा सहभागी गराइने भएको छ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा एक सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने त्यसपछि तीन उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री चयन गरिनेछ। उद्घाटन सत्र भरतपुरको गेष्टहाउस मैदानमा हुने तथा बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने तयारी गरिएको छ।

महाधिवेशन तयारीका लागि १८ उपसमिति सक्रिय छन् भने चितवनमा केन्द्रीय नेताहरू आउने क्रम पनि सुरु भइसकेको छ। पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल, विदेशी राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई समेत निमन्त्रणा पठाइरहेको जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]