३१ बैशाख २०८३, बिहिबार

संसदमा रुविनाको सम्बोधन : ‘स्थानीय सरकारले बाढीबारे चासो देखाएनन, सरकारले ध्यान देओस’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रुविना आचार्यले मोरङको सुन्दर हरैँचा नगरपालिका र विराटनगर महानगरपालिकाले बाढी नियन्त्रणमा चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज बसेको संसदको बैठकको सून्य समयमा बोल्दै उनले बर्षैपिच्छे जनधनको क्षति भइरहँदा स्थानीय तहहरु उदासिन रहेको भन्दै यसमा पहल गर्न संघीय सरकारको आग्रह गरिन् ।

बुढी खोला (केसलिया खोला)ले सुन्दर हरैचा र विराटनगरमा हरेक वर्ष बाढी जाने र जनधनको क्षति हुने गरेको भन्दै उनले नयाँ सरकारसँग जनताले धेरै अपेक्षा गरेको बताइन् ।

बुढी गंगा, सुन्दर हरैँचा र विराटगनगरका बर्खामा स्थानीय रातभर जाग्राम बस्नु परेको भन्दै सांसद आचार्यले संघीय सरकारले तत्कालिन, अल्पकालिन र दीर्घकालिन समाधान गर्नु पर्नेमा जोड दिइन् । सांसद आचार्यले बजेट आवश्यक्ता र प्राथमिकताको आधारमा हुनु पर्ने बताइन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]