१७ भाद्र २०८३, बुधबार

लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा रक्तदान, ५१ पिन्ट रगत संकलन

विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा तथा ब्राइट भिजन ल कलेजको सहकार्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी तथा अन्य रक्तदाताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन प्रकाश शर्माले बताए ।

कार्यक्रममा मल्टिपल काउन्सिल मेम्बर लायन लिला कु. ढुङ्गेल, डिस्ट्रिक्ट ३२५ सी का फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर उदयनारायण बराल, डिस्ट्रिक्ट ट्रेजरर मिना ढुङ्गेल तथा डिस्ट्रिक्ट चिफ एडभाइजर शिव रिजालको उपस्थिति रहेको थियो ।

त्यसैगरी, कलेजका प्राचार्य चूडामणि आचार्य, अध्यक्ष विष्णु पोखरेललगायत लायन्स क्लबका एरिया चिफ, एरिया कोअर्डिनेटर, रिजन चिफ, जोन चेयरपर्सन तथा विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा लायन लिलाकुमार ढुङ्गेलले ६३औँ पटक रक्तदान गरेका थिए ।

लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष देवकीनन्दन अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लायन प्रकाश शर्माले गरेका थिए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]