२८ फाल्गुण २०८२, बिहिबार

समानुपातिकतर्फ सिट बाँडफाँटको प्रारम्भिक चित्र, रास्वपालाई ५७ सिट, एमालेको १५ हजार बढी मत खेर जाने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ ‘परिणाम विभाजक सूत्र’ प्रयोग गरी सिट बाँडफाँट गर्दा प्रारम्भिक रूपमा विभिन्न दलले पाउने सिटको चित्र सार्वजनिक भएको छ। प्राप्त मतलाई विभाजक ८९,५६० ले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिएको हो।

यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्राप्त गरेको ५१,३९,२३५ मतलाई विभाजकले भाग गर्दा ५७।३६ आउँछ। त्यसैले पहिलो चरणमा रास्वपाले ५७ सिट पाउने र ३४,३१५ मत बाँकी रहने देखिएको छ।

त्यसैगरी नेपाली कांग्रेसले १७,४९,५८३ मतका आधारमा १९ सिट पाउने र ४७,९४३ मत बाँकी रहने देखिएको छ। नेकपा एमालेले १४,४८,८५४ मतका आधारमा १६ सिट पाउने र १५,८९४ मत बाँकी रहने अनुमान गरिएको छ।

नेकपाले ८,०५,७७३ मतका आधारमा ८ सिट प्राप्त गर्ने र ८९,२९३ मत बाँकी रहने देखिएको छ। श्रम संस्कृति पार्टीले ३,७८,६४९ मतका आधारमा ४ सिट पाउने र २०,४०९ मत बाँकी रहने छ भने राप्रपाले ३,२९,४७२ मतका आधारमा ३ सिट पाउने र ६०,७९२ मत बाँकी रहने अवस्था छ।

पहिलो चरणमा १०७ सिट बाँडफाँट भएपछि बाँकी ३ सिट उच्च बाँकी मत भएका दललाई दिइने व्यवस्था अनुसार नेकपा, राप्रपा र कांग्रेसले एक–एक सिट थप पाउने देखिएको छ। यसरी अन्तिम परिणामअनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४र४ सिट पाउने अनुमान गरिएको छ।

प्रत्यक्षतर्फको सिट जोड्दा रास्वपाको १८२ सिट पुग्ने देखिन्छ, जुन दुई तिहाइ बहुमतका लागि आवश्यक १८४ सिटभन्दा २ सिट कम हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]