२२ माघ २०८२, बुधबार

८० बढी युवा एमालेमा प्रवेश

विराटनगर । विराटनगर १९ खद्रा टोलका अधिकांश युवा नेकपा एमालेमा प्रवेश गरेका छन् आज नेकपा एमाले विराटनगर १९ वडा कमिटीले आयोजना गरेको वनभोज तथा घरफर्क अभियान कार्यक्रममा उनीहरू नेकपा एमालेमा प्रवेश गरेका हुन्।

कार्यक्रममा एकै टोलका ८० जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले विराटनगर १९ का वडा सचिव भोजराज जम्मर कट्टेलले जानकारी दिए।

उनका अनुसार नेपाली काङ्ग्रेस परित्याग गरी स्थानीय सहकारीकर्मी बिदुर तिम्सिना लगायतका नेपाली कांग्रेसका कार्यकर्ता र धेरै भने युवाहरू रहेका छन्।

कार्यक्रमका विच राजिव गौतमको संयोजकत्वमा ९ सदस्यीय नेपाल खेलकुद महासंघ वडा कमिटी समेत गठन गरिएको सचिव कट्टेलले बताए । नवप्रवेशीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरे, नेकपा एमाले मोरङ जिल्ला कमिटीका सचिव सोमराज थापा, नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी लगायतकाले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरेले आफ्नो विजय सुनिश्चित रहेको दाबी गरे ।

उनले एमालेको संगठन मजबुत रहेको र एमालेको जनाधार पनि अझ बढ्दो क्रममा रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका हुन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]