०४ कार्तिक २०८२, सोमबार

मेयर बालेनले केपी ओली र पूर्वगृहमन्त्री पक्राउ गर्ने अभियान चलाए : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको योजनामा हामी नेपाल का संयोजक सुधन गुरुङले आफूलाई पक्राउ गराउन हिँडेको आरोप लगाएका छन्।

पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने कि मेयर बालेन्द्रकै योजनाअनुसार आफू सहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रमेश लेखकलाई पक्राउ गर्ने दबाब अभियान चलाईएको छ। उनले सामाजिक सञ्जालमा उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्ने ट्रेन्ड चलाउने काम भइरहेको दाबी पनि गरे।

बस्नेतले भने, “हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन्। र प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन्।” उनले सुधनलाई विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरी सरकारी उच्च तहका बैठकमा पठाइएको समेत दाबी गरे।

उहाँले हालै भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न समेत माग गर्नुभयो। त्यस्तै, बस्नेतले रवी लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौला जस्ता व्यक्तिहरूको पनि छानबिन हुनुपर्ने बताउनुभयो।

बस्नेतले प्रसंगगत रूपमा आफूविरुद्ध लगातार पक्राउ प्रयास भइरहेको बताएका छन् र अदालतले सरकारको “षड्यन्त्र” स्वीकार नगरेको दाबी गरे। उनले अगाडि भन्यो– “फूलपातीको दिनदेखि आजसम्म मलाई पक्राउ गर्ने प्रयास भइरहेको छ। हुँदै नभएको मुद्दा सिर्जना गरेर पात्रहरू खडा गरेर गिरफ्तार गर्ने प्रयास भयो, तर अदालतले त्यो प्रक्रिया फिर्ता गरिदियो।”

अदालतले आफूविरुद्ध जारी गरिएको पक्राउ पुर्जा फिर्ता गरेको दाबी गर्दै बस्नेतले थपे, “५ महिना अगाडि प्रमाण नपुग्ने भनेर तामेलीमा राखिएको मुद्दा अहिले दबाबमा खोलिएको छ। म भाग्न चीन–भारत कहीं पनि भएको छैन। यहीँ बस्छु, गुन्डुमै बस्छु। मलाई समाउनुस्। लोकतन्त्र, राष्ट्रियता र विधिको शासनका लागि एक पटक होइन, सयौँ पटक जेल जान तयार छु।”

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]