२५ साउन २०८२, शनिबार

टाइब्रेकरमा नेपाल पराजित, उज्बेकिस्तान एएफसी एसियन कप फुटबलमा छनोट

काठमाडौं । टाइब्रेकरको रोमाञ्चक संघर्षमा नेपाललाई हराउँदै उज्बेकिस्तानले एएफसी एसियन कप फुटबलमा स्थान सुरक्षित गरेको छ ।

अष्ट्रेलियामा आगामी वर्ष हुने एसियन कपको छनोट अन्तर्गत शनिबार भएको निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानले नेपाललाई हराउँदै प्रतियोगिताको यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुबै टोलीले ३–३ गोल गर्दै बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेपालकी कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न असफल भएपछि उज्बेकिस्तानले जित दर्ता गर्न सफल भयो ।

नेपालका लागि निर्धारित समयमा तीन गोल गर्दै खेललाई रोमाञ्चक बनाए पनि अन्तिम क्षणमा भाग्यले साथ दिएन । उज्बेकिस्तानले घरेलु समर्थकको अगाडि उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्‍यो ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क