२५ साउन २०८२, शनिबार

टी–२० विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा, कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालको समूहमा कुवेत र जापान परेका छन् ।

सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र कतार छन् । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समोआ रहेका छन् ।

छनोट खेल आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुनेछ । प्रतियोगिता सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । समूहका शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन् ।

सुपर सिक्स चरणबाट उत्कृष्ट तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप २०२६ का लागि स्थान सुरक्षित गर्नेछन् ।

नेपालले पहिलो चरणमा बलियो प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ । समूहको सबै खेल ओमानमा हुने छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क