
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडीको नाम सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अक्सनका लागि नाम दर्ता गराएका ४५८ खेलाडीमध्येबाट १५० खेलाडी छनोट गरिएका हुन् ।
छनोट भएका खेलाडीमध्ये ग्रेड ‘ए’ मा ८, ग्रेड ‘बी’ मा ३५ र ग्रेड ‘सी’ मा १०७ खेलाडी परेका छन् । क्यानका अनुसार मिनी अक्सन आगामी शनिबार आयोजना हुनेछ ।
ए ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् । यीमध्ये आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् भने बाँकी खेलाडी दोस्रो संस्करणका लागि रिलिज भएका हुन् ।