
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) सिरिज अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
स्कटल्याण्डको ग्लासगोस्थित तितवूड क्रिकेट मैदानमा भएको टसमा नेपाली कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने घोषणा गरे। यसअघि सिरिजको उद्घाटन खेलमा आयोजक स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।
नेपालले हालै सम्पन्न एकदिवसीय सिरिजमा उल्लेखनीय प्रदर्शन गरेपछि टी–२० मा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्य लिएको छ। युवा खेलाडीहरूको उर्जाशील टिम रहेको नेपालले आक्रामक प्रदर्शनमार्फत विजयी सुरुआत गर्न चाहेको देखिन्छ।