२५ साउन २०८२, शनिबार

लिग–२ क्रिकेट : नेपाल आज स्कटल्यान्डसँग पुनः प्रतिस्पर्धामा, लगातार तेस्रो जितको लक्ष्य

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ। खेल स्कटल्यान्डको डुन्डेको फोर्थहिल मैदानमा नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ।

नेपालले लिग–२ को चौथो चरणअन्तर्गत स्कटल्यान्ड भ्रमणमा उत्कृष्ट सुरुआत गरेको छ। पहिलो खेलमा स्कटल्यान्डलाई रोमाञ्चक एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालले दुई खेलमै जित निकाल्दै चार अंक जोडिसकेको छ।

नेपाल आजको खेल जितेर लगातार तेस्रो जितको लक्ष्यसहित मैदान उत्रन लागेको हो। नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएकोमा नेपालले ५ र स्कटल्यान्डले ३ खेल जितेका छन् भने १ खेल नतिजाविहीन भएको छ।

लिग–२ मा नेपालले अहिलेसम्म १४ खेल खेलेको छ र १० अंकसहित सातौं स्थानमा रहेको छ। स्कटल्यान्ड भने १८ खेलमा २२ अंक जोडेर चौथो स्थानमा छ।

सन् २०२७ को विश्वकपका लागि लिग–२ अन्तर्गत शीर्ष चार टोलीले ग्लोबल छनोटमा सिधा स्थान बनाउनेछन् भने पुछारका टोलीले प्लेअफ खेल्नुपर्नेछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क