
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ५ विकेटको विजयी भएको छ । स्कटल्यान्डको फोर्थहिल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टायो।
नेपालका ब्याट्सम्यानहरूले संयमित प्रदर्शन गर्दै लक्ष्य सजिलै पछ्याए। यो जितसँगै नेपालले लिग–२ मा १३ खेलमा १० अंक बनाएको छ र तालिकामा उक्लिने प्रयासलाई बल दिएको छ।
त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले यसअघि स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। अब नेपालले आइतवार फेरि स्कटल्यान्डसँग र मंगलवार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।
लिग–२ को शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछन्, भने पुछारका चार टोली प्लेअफमा खेल्नुपर्नेछ।