२५ साउन २०८२, शनिबार

आरसीबीले पहिलोपटक आईपीएल जित्यो उपाधि

काठमाडौं, जेठ २१ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले ऐतिहासिक सफलता हात पारेको छ। आइतवार राति अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जित्न सफल भएको हो।

आरसीबीले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो। विराट कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक ४२ रन जोडे। साथै, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, र जितेश शर्माले २४ रनको योगदान दिए।

१९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्स २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनमा रोकियो। जस इङ्लिसले ३९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।

पञ्जाबका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए। आरसीबीको बलियो प्रदर्शनले अन्ततः पहिलोपटक ट्रफी उचाल्ने अवसर दिलायो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क