२५ जेठ २०८२, शनिबार

स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले नेपालविरुद्ध २९७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रन बनायो। स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे।

फिनले म्याकक्रियाथले ५५, रिची बेरिंटनले ४० र म्याथ्यू क्रसले ३९ रन बनाएर टियरलाई साथ दिएका थिए।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २–२ विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट हात पारे।

सिरिजमा नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले पहिलो खेलमा यो विशाल लक्ष्य पछ्याउँदै जितको खोजी गर्नेछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क