२८ बैशाख २०८२, आइतबार

स्कटल्यान्डमा हुने लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।

शनिबार मुख्य प्रशिक्षक स्टुवार्ट लले दोस्रो चरणको ‘कोर क्याम्प’मा रहेका २५ खेलाडीबाट अन्तिम टोली छनोट गरेका हुन् । कप्तानको जिम्मेवारी रोहितकुमार पौडेलले सम्हाल्ने छन् भने उपकप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरी रहेका छन्।

टोलीमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ। स्कटल्यान्ड प्रस्थानअघि नेपाली टोलीले बेलायतमा प्रशिक्षण गर्ने र अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

घोषित नेपाली टोली यस प्रकार छस्

रोहितकुमार पौडेल (कप्तान)

दीपेन्द्रसिंह ऐरी (उपकप्तान)

गुलशन झा

आसिफ शेख

करण केसी

सोमपाल कामी

कुशल भुर्तेल

ललितनारायण राजवंशी

अनिलकुमार साह

सन्दीप लामिछाने

भीम सार्की

आरिफ शेख

बसिर अहमद

नन्दन यादव

रिजन ढकाल

विश्वकप लिग–२ नेपालका लागि महत्वपूर्ण प्रतियोगिता मानिएको छ जहाँ नेपालको प्रदर्शनले आगामी अन्तर्राष्ट्रिय क्रिकेट यात्राको दिशा निर्धारण गर्नेछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क