
काठमाडौं, वैशाख ७ । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (वैशाख ५) निर्धारण गरिएको मूल्य नै आज ९आइतबार० पनि कायम रहेको छ।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य भने तोलामा १ लाख ८९ हजार २५० रुपैयाँ रहेको छ। त्यस्तै, चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ।
लगातार केही दिनको उतारचढावपछि बजारमा सुनचाँदीको मूल्य स्थिर रहनुले उपभोक्ताहरूलाई केही सहजता प्रदान गरेको व्यवसायीहरूको भनाइ छ।