२४ बैशाख २०८२, बुधबार

पहलगाम आक्रमणपछि भारतभर आपतकालिन अभ्यास गराइने, यस्तो छ शक्ति प्रदर्शनको कारण

नयाँ दिल्ली । हालैको पहलगाम आक्रमण र पाकिस्तानसँग बढ्दो तनावका बीच भारतको गृह मन्त्रालयले यही मे ७ (बुधबार) देशभर मोक ड्रिल (आपतकालीन अभ्यास) गराउने निर्णय गरेको छ। मन्त्रालयले सबै राज्य र संघशासित प्रदेशहरूलाई पठाएको निर्देशनमा २४४ वटा सूचीबद्ध सिभिल डिफेन्स जिल्लाहरूमा आपतकालीन प्रतिक्रिया अभ्यास गर्न भनिएको छ।

मोक ड्रिलमा जिल्ला प्रशासन, प्रहरी, दमकल सेवा, होम गार्ड, एनसीसी, राष्ट्रिय सेवा योजना, नेहरू युवा केन्द्र संगठन, विद्यालय र कलेजका विद्यार्थीहरू तथा सिभिल डिफेन्स स्वयंसेवकहरूको सहभागिता रहनेछ।

रक्षा विश्लेषक राहुल बेदीले भने, -‘सन् १९७१ को भारत–पाकिस्तान युद्धपछि यति ठूलो स्तरमा मोक ड्रिल हुन लागेको हो, जसबाट दुवै देशबीचको सम्बन्ध कति तनावग्रस्त छ भन्ने देखिन्छ। ‘

कर्नाटक सिभिल डिफेन्सका निर्देशक तथा फायर इमर्जेन्सी सेवाका डीजीपी प्रशान्त कुमार ठाकुरले जानकारी दिँदै भने, ‘कर्नाटकलगायत सबै राज्यका अधिकारीहरूको गृह मन्त्रालयसँग बैठक भएको छ, जसमा सम्भावित खतरा र आपतकालीन तयारीका विषयमा छलफल गरिएको थियो।’

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क