२५ बैशाख २०८२, बिहिबार

भारत–पाकिस्तान तनाव चुलिँदा चीनको चासो, इजरायलको समर्थन

काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा जारी तनाव थप चुलिएको छ। भारतले गए राति पाकिस्तान नियन्त्रित कश्मीरमा मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। भारतीय सेनाले सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ अन्तर्गत नौवटा मिसाइल प्रहार गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यो सैन्य कारबाहीलाई लिएर चीनले पहिलोपटक प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भारतको कारबाहीप्रति खेद व्यक्त गर्दै दुवै देशलाई संयमित रहन आग्रह गरेकी छन्। “हामी त्यहाँ भइरहेका गतिविधिहरूलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ। आज बिहानै भारततर्फबाट भएको सैन्य अपरेसन खेदजनक छ,” प्रवक्ता निङले भनिन्।

यसबीच इजरायलले भने भारतको समर्थनमा उभिएको छ। भारतका लागि इजरायली राजदूत रुवेन अजरले सामाजिक सञ्जाल ‘एक्स’ ९पूर्व ट्विटर० मा पोस्ट गर्दै भारतको आत्मरक्षाको अधिकारप्रति समर्थन जनाएका छन्। “इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छ। निर्दोषविरुद्धको जघन्य अपराधबाट लुक्ने कुनै ठाउँ छैन भनेर आतंककारीले थाहा पाउनुपर्छ,” उनले लेखेका छन्।

भारत–पाकिस्तानबीच पछिल्ला केही दिनयता सीमा क्षेत्रमा फेरि झडप सुरु भएको छ। दुबै मुलुकका सेनाबीच गोलीबारी र तनाव बढिरहेका बेला अन्तर्राष्ट्रिय समुदायले चासो प्रकट गर्न थालेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क