२५ बैशाख २०८२, बिहिबार

रिसोर्टमा लडेका थिए प्रचण्ड, टाउकामा तीन टाँका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको लाकुरीभञ्याङस्थित टेरेसेस रिसोर्टमा लडेर घाइते भएको खुलेको छ।

उच्च स्रोतका अनुसार प्रचण्ड मंगलबार साँझ आफ्ना केही निकटस्थ व्यक्तिसहित टेरेसेस रिसोर्टमा रात बिताउन गएका थिए। त्यहीँ रिसोर्टमै रातको समयमा उनी लडेर घाइते भएको जानकारी प्राप्त भएको छ।

घटनापछि उनलाई नजिकैको मेडिसिटी अस्पताल लगिएको थियो। टाउकोमा लागेको चोटका कारण तीनवटा टाँका लगाइएको स्रोतले जनाएको छ। उपचारपछि प्रचण्ड घर फर्किएको जनाइएको छ।

यसअघि प्रचण्डको सचिवालयले ‘बाथरुममा लडेर सामान्य चोट लागेको’ जानकारी दिए पनि कहाँको बाथरुम भन्ने स्पष्ट गरेको थिएन। घटनास्थलबारे सचिवालयले दिएको अस्पष्ट विवरणपछि वास्तविक स्थान खुल्न आएको हो।

हाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क