२५ बैशाख २०८२, बिहिबार

गृह जिल्ला खोटाङमै मन्त्री भूपेन्द्र राईविरुद्ध नाराबाजी, कार्यक्रम केहीबेर अवरुद्ध

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै गृह जिल्ला खोटाङको साकेला गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्। समन्वयबिना एकलौटी ढंगले काम गरेको भन्दै उनीमाथि विरोध गरिएको हो।

मन्त्री राई कार्यकर्ता भेटघाटका लागि साकेला पुगेका बेला विरोध सुरु भएको थियो। कार्यक्रमका क्रममा कांग्रेसकै कार्यकर्ताले समन्वय नगरी दादागिरी देखाएको आरोप लगाउँदै नाराबाजी गरेपछि कार्यक्रम केहीबेर अवरुद्ध भएको थियो।

विरोधको नेतृत्व गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रवि प्रकाश राईले गरेका थिए। आफ्नै कार्यकर्ताको घेराबन्दीमा परेका मन्त्री राईलाई सुरक्षाका लागि डिएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरक्षित राखेको थियो।

कार्यक्रम अवरुद्ध भएपछि मन्त्री राईले अर्को स्थानमा भेटघाट कार्यक्रम सारेर सञ्चालन गरेका थिए। मन्त्रीका स्वकीय अमृत गिरीले भने घटनालाई सामान्य भनाभन मात्रै भएको दाबी गरेका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क