२५ बैशाख २०८२, बिहिबार

काठमाडौं कोटेश्वरमा सवारी दुर्घटना, एक युवतीको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट स्थायी घर भई हाल ललितपुरको धोबीघाट बस्दै आएकी २३ वर्षीया नगिना तामाङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। उनी मोटरसाइकलको पछाडिको सिटमा सवार थिइन्।

दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान ६स्३५ बजे बा ३ ख ७०६२ नम्बरको बसले कोटेश्वरमा रातो बत्तीमा रोकिराखेका बा प्र ०१(०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२(०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनापछि बस चालक ५९ वर्षीय रामकुमार खड्का, जो इलामको सूर्योदय नगरपालिका–५ निवासी हुन्, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क