
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु बाथरुममा लडेपछि टाउकोमा सामान्य चोट लागेको छ। घटना गएराति खुमलटारस्थित निवासमा भएको हो।
पारिवारिक स्रोतका अनुसार प्रचण्ड आफ्नै घरको सौचालयमा लडेर घाइते भएका हुन्। स्वकीय सचिव गोविन्द आचार्यले दिएको जानकारी अनुसार, उनको टाउकोमा सामान्य चोट लागेको छ। अस्पताल जानु नपर्ने बताउँदा पनि थप चेकजाँचका लागि उनलाई मेडिसिटी अस्पताल लगिएको हो।
हाल अध्यक्ष प्रचण्ड नियमित काममा फर्किसकेका छन्।