२५ बैशाख २०८२, बिहिबार

राजसंस्था पुनर्स्थापनाको मागसहित संयुक्त जनआन्दोलन समितिले आज आन्दोलनको घोषणा गर्दै

काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आज (बिहीबार) औपचारिक रूपमा आन्दोलनको घोषणा गर्दैछ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे सुरु हुने घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस ९वीपी० का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायत हिन्दूवादी धारणा राख्ने ५० भन्दा बढी संघसंस्थाको उपस्थिति रहने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

महामन्त्री बर्तौलाका अनुसार आन्दोलन शान्तिपूर्ण ढंगले सञ्चालन हुनेछ। ूभ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य भएको भन्दै पार्टी अध्यक्ष कमल थापा पनि कार्यक्रममा सहभागी हुनुहुनेछ,ू उनले भने।

यसअघि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा संयुक्त राजावादी गठबन्धनले आयोजना गरेको प्रदर्शनमा सहभागी केही व्यक्ति पक्राउ परेका थिए। ती व्यक्तिहरूको रिहाइको माग गर्दै विभिन्न राजावादी तथा हिन्दूवादी संघसंस्थाहरूले निरन्तर आन्दोलन गर्दै आएका छन्।

संयुक्त जनआन्दोलन समितिले राजसंस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्र पुनःस्थापना, सुशासन र राष्ट्रिय स्वाधीनताको संरक्षणजस्ता विषयलाई आन्दोलनको मुख्य मुद्दा बनाउँदै आएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क