२९ साउन २०८२, बुधबार

कारागारमा रवि : कोठामा दुईवटा पंखा, कार्यकर्तासँग भेट्न नपाएको गुनासो

रूपन्देही । राष्ट्रिय मानव अधिकार आयोगले आज रूपन्देही कारागारको अनुगमन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ । अनुगमनका क्रममा क्षमताभन्दा बढी कैदी राखिएको पाइएको आयोगले जनाएको छ । आयुक्त लिली थापाले २५० जना कैदी राख्ने क्षमतामा ७०० जना कैदी राखिएको तथ्य बाहिर ल्याउँदै यसलाई न्यूनतम मानव अधिकारको उल्लङ्घन भएको बताइन् ।

उनका अनुसार कारागार प्रमुखले व्यवस्थापनमा मेहनत गरिरहेको भए पनि सरकारको कमजोरीका कारण यस्तो अवस्था सिर्जना भएको हो । टोलीले कैदीबन्दीको समग्र अवस्था बुझेको थियो ।

अनुगमनका क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गरिन् । लामिछानेले बाहिर घुमफिर गर्न नपाएको, स्वच्छ हावा लिन नपाएको, पत्रपत्रिका पढ्न र समाचार सुन्न नपाएको, कानुनी सहयोग र कार्यकर्तासँग भेट गर्न अवसर नपाएको गुनासो गरेको उनले बताइन् ।

लामिछानेलाई ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ, जसमा अट्याच शौचालय, दुई पंखा, एउटा खाट र टेबुल रहेको छ । झ्यालमा सुरक्षाका कारण प्लाइउड राखिएको भए पनि आयोगले त्यसलाई हटाउन सुझाव दिएको छ ।

आयुक्त थापाले कारागारको अवस्थाबारे आयोगले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने बताइन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क