२९ साउन २०८२, बुधबार

सुनसरीमा बस र विंगर ठोक्किँदा तीनजनाको मृत्यु, १६ घाइते

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा आज बिहान सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । १६ जना घाइते छन् ।

बिहान करिब ७ः१५ बजे पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको यात्रीवाहक बस र विपरीत दिशाबाट आइरहेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते भएका १६ मध्ये चारजनाको अवस्था गम्भीर छ । १२ जनाको अवस्था मध्यम छ । एकजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका निम्ति सुनसरीका विभिन्न अस्पतालमा लगिएको छ । भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा भर्ना गरिएका १५ मध्ये दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल इनरुवामा ल्याइएका पाँचजनामध्ये एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँबाट तीनजनालाई थप उपचारका निम्ति विराटनगरस्थित गोल्डेन अस्पतालमा ‘रेफर’ गरिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विंगर चालक घाइते छन् । उपचारका निम्ति उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क