२५ साउन २०८२, शनिबार

कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने, ५ लाखभन्दा बढी विद्यार्थी प्रतीक्षारत

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज ९सोमबार० सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजे बोर्ड बैठक बस्ने कार्यक्रम छ ।

बोर्ड स्रोतका अनुसार, हिजो नतिजाको डेमो गरिसकिएको छ । स्रोतले भन्यो, “हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।”

नतिजा १५ साउनभित्र सार्वजनिक गर्ने शैक्षिक क्यालेन्डरमा उल्लेख भए पनि २० चैतदेखि सुरु भएको शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो । आन्दोलनका कारण ११ वैशाखमा सुरु हुने परीक्षा २१ वैशाखबाट सुरु भएको थियो ।

यस वर्षको परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। परीक्षा बोर्डले नतिजा आधिकारिक वेबसाइट र एसएमएस सेवामार्फत उपलब्ध गराउने तयारी गरेको छ ।

नतिजा सार्वजनिक भएलगत्तै, विद्यार्थीहरूले अनलाइनबाटै ग्रेडशीट डाउनलोड गर्न सक्ने व्यवस्था हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क