२५ साउन २०८२, शनिबार

पब्जी विश्वकपमा नेपाली ‘होर ई–स्पोर्ट्स’ टोली नवौँ, १ करोड ७८ लाख रुपैयाँ जित्यो

काठमाडौँ । नेपालका युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामा उल्लेखनीय उपलब्धि हात पारेका छन् । नेपालको ‘होर ई–स्पोर्ट्स’ टोलीले पब्जी मोबाइल विश्वकप २०२५ मा नवौँ स्थान हासिल गरेको छ ।

साउदी अरबमा जुलाई २५ देखि ३१ तारिखसम्म चलेको प्रतियोगिताको फाइनल चरणमा १६ टोलीबीच प्रतिस्पर्धा भएको थियो । ‘होर ई–स्पोर्ट्स’ टोलीले १८ खेलबाट जम्मा १०० अंक बटुल्दै नवौँ स्थान सुरक्षित गरेको हो ।

यस उपलब्धिसँगै टोलीले १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७८ लाख रुपैयाँ) पुरस्कार रकम हात पारेको छ ।

टोलीका खेलाडी र व्यवस्थापन

नेपालबाट प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा थिए।

टोली व्यवस्थापक: उमेश बुढथापा

अफिसियल: सञ्जन गौतम र नवराम श्रेष्ठ

विजेता र पुरस्कार

विश्वकपको ४१ करोड रुपैयाँ बराबरको पुरस्कार राशी मध्ये विजेता म्यानमारको वाइजी ई–स्पोर्ट्स टोलीले करिब ७ करोड रुपैयाँ प्राप्त गरेको छ ।

नेपालको ई–स्पोर्ट्स इतिहासमा यो सफलता महत्वपूर्ण मानिएको छ, जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली गेमिङ प्रतिभाको उपस्थिति बलियो बनाएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क