२५ साउन २०८२, शनिबार

भोजपुरमा ज्वाइँले गरे ससुरालीका चार जनाको हत्या

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा ज्वाइँले सासु–ससुरासहित एकै परिवारका चारजनाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मृतकमध्ये बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र सपन गिरी रहेका छन् । उनीहरुको ज्वाइँ राजेन्द्र राईले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरेका राईले आफैंले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए । प्रहरीले उनलाई समेत घाइते अवस्थामा फेला पारेको जनाएको छ । राईको पेटमा धारिलो हतियार प्रहारको चोट लागेको र अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कोसी प्रदेश प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार राई माइतीमा बसेकी पत्नी लिन ससुराली गएका बेला विवाद उत्पन्न भएको र त्यसक्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

“म सुतिरहेको बेला मलाई छुरीले हानियो, त्यसपछि मैले खोसेर हानेँ,” राईले प्रारम्भिक बयान दिएको डीआईजी कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क