२५ साउन २०८२, शनिबार

झाँक्रीमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुछिएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि तीव्र टिप्पणी गरेपछि नेतृ रामकुमारी झाँक्रीमाथि पार्टीले अनुशासन प्रक्रिया अघि बढाएको छ। पार्टीले झाँक्रीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

झाँक्रीले हालै एक कार्यक्रममा अध्यक्ष नेपालको आलोचना गर्दै, ‘सिनो बोकेर हिँड्न सकिन्न’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। उनले नेतृत्व परिवर्तनका लागि अर्ली महाधिवेशनको आवश्यकता रहेको समेत बताएकी थिइन्। उक्त अभिव्यक्तिपछि पार्टीभित्र उनको विरोध चुलिएको छ।

नेकपा एसका सचिव सोमप्रसाद पाण्डेका अनुसार अनुशासन आयोगमार्फत तीन दिनको म्यादसहित स्पष्टीकरण मागिएको छ। “अब उहाँको जवाफ आउँछ, त्यसपछि पार्टीले आवश्यक निर्णय लिन्छ,” पाण्डेले भने।

पार्टी अध्यक्षविरुद्ध खुलेर अभिव्यक्ति दिएको विषयमा झाँक्रीको जवाफपछि पार्टीभित्र थप निर्णय हुने संकेत देखिएको छ। झाँक्री यसअघि पनि पार्टी नीतिभन्दा फरक धारणा राख्दै आन्तरिक आलोचना गर्ने नेतृको रूपमा चिनिएकी छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क