२५ साउन २०८२, शनिबार

धान रोप्दै गर्दा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा आइतबार धान रोप्ने क्रममा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–११ की ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको हो।

प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार सीता आफ्नो माइती घर राप्तीसोनारीमा धान रोप्न गएकी थिइन्। चट्याङ लागेर घाइते भएकी सीताको राप्तीसोनारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

चट्याङबाट २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरीमा थारु घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क