२५ साउन २०८२, शनिबार

रामकुमारी झाँक्रीले माधव नेपाललाई लक्षित गर्दै भनिन- ‘मरेको सिनो बोकेर हिन्न सकिँदैन’

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० की नेतृ रामकुमारी झाँक्रीले पार्टी गम्भीर संकटमा परेको बताउँदै तत्काल पुनर्गठनको आवश्यकता रहेको बताएकी छन्।

लुम्बिनी प्रदेशमा आयोजित युवा संघ नेपालको भेलामा बोल्दै झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक संकट देखिएको बताउँदै ‘अर्ली महाधिवेशन’ को माग गरेकी हुन्।

उनले भनिन्, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।”

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष नेपालमाथि अख्तियारले पतञ्जलि योगपीठसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतमा ३५ लाख धरौटी माग गरेपछि झाँक्रीको यस्तो कडा अभिव्यक्ति आएको हो।

झाँक्रीले महाधिवेशनबाटै नेतृत्व छान्नुपर्ने बताउँदै भनिन्, “हामीले हलबाट नेतृत्व छान्नुपर्छ। होइन भने मतदाता नामावली सारेर ल्याइएका, टीका लगाएर बनाइएका केन्द्रीय सदस्यहरूमार्फत चुनाव गरेर पार्टी बनाउने हो भने तपाईंहरूले यो पार्टी बनाउनुहुन्न।”

२०७८ सालमा नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषदको निर्णयमार्फत पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा खरीद अनुमति दिइएको थियो। पछि कानुनविपरीत त्यो जग्गा बेचबिखन गर्न अनुमति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क