
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजा छिट्टै सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा सार्वजनिक गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको छ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले SMS, IVR र WEBSITE मार्फत हेर्न सक्नेछन्। बोर्डका अनुसार सम्पूर्ण ग्रेडसिट वेबसाइटमा अपलोड हुन केही समय लाग्न सक्ने भएकाले प्रारम्भिक रूपमा GPA मात्र हेर्न सकिने जानकारी दिएको छ।
विद्यार्थी तथा अभिभावकलाई अफवाहमा नपर्न र आधिकारिक सूचना तथा वेबसाइटहरूबाट मात्र नतिजा जाँच गर्न बोर्डले अनुरोध गरेको छ।
रिजल्ट हेर्न सकिने वेबसाइट र एसएमएस सेवा प्रदायकहरूको विवरण सार्वजनिक गरिने तयारीमा बोर्ड जुटिरहेको छ।